गृहपृष्ठ भ्रष्टाचारी जो सुकै होस्, छाड्नु हुँदैन : अर्जुननरसिंह केसी

भ्रष्टाचारी जो सुकै होस्, छाड्नु हुँदैन : अर्जुननरसिंह केसी

arjunnarsing-newskarobar

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार गर्ने जो सुकै भए पनि छाड्न नहुने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा नेता केसीले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचारविरूद्धको कारबाहीलाई सरकारले हिम्मतका साथ देखाउन सक्नुपर्ने बताए । उनले भ्रष्टाचार प्रमाणित गर्नसके आफूलाई पनि कारबाही गर्ने हिम्मत सरकारले राख्नुपर्ने उल्लेख गरे ।

सरकारको पछिल्लो रवैयाले भ्रष्टाचार न्यूनिकरणको साटो झन् उल्टै बढ्दै गइरहेको आरोप लगाएका केसीले ३३ किलो सुनकाण्ड, वाइडबडी काण्ड, जलाशययुक्त बूढीगण्डकीलगायत काण्डले सरकारलाई गिज्याई रहेको टिप्पणी गरे ।

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु