गृहपृष्ठ सुनको भाउ तोलामा २ सयले घट्यो
सुनको भाउ तोलामा २ सयले घट्यो
नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । बिहीबार घटेर ६३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन ६२ हजार ८ सयमा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७ सय ८५ मा कारोबार भइरहेको छ ।
प्रकाशित समय १२:२४ बजे

















