गृहपृष्ठ मर्यादामा रहेर फेसबुक, ट्वीटर चलाउनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

मर्यादामा रहेर फेसबुक, ट्वीटर चलाउनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

gokul baskota फाइल तस्बिर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले फेकबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा नियमन गर्न लागेको बताएका छन् । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सामाजिक सञ्जाल चलाउन रोक लगाउन नखोजेको नभई प्रयोगकर्ताहरुलाई पनि मर्यादामा राख्न नियमन गर्न लागेका बताए ।

केही भ्रम उत्पन्न भएको भन्दै उनले भने, ‘सरकारले अभिव्यक्तिको स्वतन्त्रतालाई नै बन्देज लगाउन खोज्यो भनेर बुझ्नु गल्ती हुन्छ । सामाजिक सञ्जालका हरेक प्रयोगकर्ता सरकारी निकायमा दर्ता गर्नुपर्ने प्रस्ताव नभएको उनले प्रष्ट पारे ।

तर, अन्य देशहरुमा जस्तै फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने उनले प्रष्ट पारे । ‘व्यक्तिले दर्ता गर्नु पर्दैन । तर, फेक आइडी बनाएर हुर्मत लिनलाई नियन्त्रण गर्न पाइन्छ कि पाइँदैन ?’ उनले भने ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु