गृहपृष्ठ ट्रम्पसँगको वार्ताका लागि किम जोङ उन रेल चढेर भियतनाम हिँडे

ट्रम्पसँगको वार्ताका लागि किम जोङ उन रेल चढेर भियतनाम हिँडे

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम प्रस्थान गरेका छन् ।

शिखर सम्मेलनका लागि किम रेल चढेर भियतनाम प्रस्थान गरेका हुन् । ट्रम्प र किमबीच आगामी बुधबार र बिहीवार भियतनामको राजधानी हनोईमा भेटवार्ता हुँदैछ । किमलाई भियतनाम पुग्न कम्तीमा दुई दिनभन्दा बढी लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार हरियो रङको रेल चढेर किम जोङ उन भियतनाम प्रस्थान गरेको तस्बिर अन्तर्राष्ट्रिय माध्यममा छाएको छ । किम चीन हुँदै भियतनाम जाँदैछन् । किमसँगै उनकी बहिनी किम यो जोङ, उनका विश्वास पात्र पूर्वजनरल किम योङ चोल रहेका छन् ।

गतवर्ष सिंगापुरमा भएको भेटवार्तामा उत्तर कोरियाले आफ्ना पारमाणविक कार्यक्रम रोकेर निशस्त्रिकरणतर्फ अघि बढ्ने प्रतिवद्धता जनाएको थियो । वार्ता निशस्त्रिकरणमा भएका प्रगति र कोरियामाथि लगाइएको नाकाबन्दी फुकुवाका विषयमा केन्द्रित रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित समय १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु