गृहपृष्ठ कांग्रेसको विधान बहुमतले पारित

कांग्रेसको विधान बहुमतले पारित

nepali_congress

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीको विधान बहुमतले पारित गरेको छ । आइतबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पुरानै व्यवस्था यथावत राखी वहुमतले विधान पारित गरेको हो ।

पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि र पूर्वपदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था विधानमा गरिएको छ ।

यससँगै कांग्रेसलाई अब संघीय संरचनाअनुसारको सांगठनिक संरचना निर्माणका लागि बाटो खुलेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अर्का नेता कृष्णप्रसाद सिटौला पक्षको विरोधका बाबजुत संस्थापन पक्षले बहुमतले पारित गरेको हो । पौडेल र सिटौला पक्षले सबै नेताहरू बुथबाटै निर्वाचित हुनुपर्ने अडान राख्दै आएका थिए ।

संस्थापन पक्षले पार्टी विधान बहुमतले पारित गरेपछि असन्तुष्ट पक्षले नोट अफ डिसेन्ट लेखेका छन् । त्यसरी नोट अफ डिसेन्ट लेख्नेमा पौडेल, सिटौलाका अलावा अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्साद बडू, नविन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल छन् ।

प्रकाशित समय २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु