गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानयु बराबरी, आर्सनल विजयी
इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानयु बराबरी, आर्सनल विजयी
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएका खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई गोलरहित बराबरीमा रोकेको छ भने साउथह्याम्टनलाई आर्सनलले पराजित गरेको छ ।
लिगअन्तर्गत घरेलु मैदानमा भएको खेलमा उपाधि होडमा पहिलो दाबेदारका रुपमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरीमा रोकेको हो । बराबरीपछि लिभरपुल फेरि शीर्षस्थानमा उक्लिएको छ । लिभरपुलको २७ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ६५ अंक छ । पाँचौँ स्थानमा झरेको म्यानचेस्टर युनाइटेडको ५२ अंक छ ।
आइतबार राति नै भएको अर्को खेलमा साउथह्याम्पटनलाई २–० ले हराएको आर्सनल फेरि शीर्ष चारमा फर्किएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्सान्ड्र लाकाजेटी र हेनरिक एमखितर्यानले गोल गरे । चौथो स्थानमा उक्लिएको आर्सनलको २७ खेलबाट ५३ अंक भएको छ ।
प्रकाशित समय ०८:०५ बजे

















