गृहपृष्ठ सुरक्षा संवेदनशीलतामा ध्यान दिन सरकारलाई आग्रह
सुरक्षा संवेदनशीलतामा ध्यान दिन सरकारलाई आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई सुरक्षा संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ । आयोगका निमित्त सचिव तथा निर्देशक मुरारीप्रसाद खरेलले विज्ञप्ती जारी गरी शुक्रबार र शनिबार मुलुकका विभिन्न ठाउँमा भएका बम विस्फोटका घटनाप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
विज्ञप्तीमा आयोगले विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । शुक्रबार राति नख्खुमा रहेको एनसेल कार्यालय परिसरमा भएको विस्फोटमा एक जनाको मृत्यु हुनाका साथै दुई जना घाइते भएका छन् ।
शुक्रबार राति र शनिबार जाजरकोट, बागलुङ, रूपन्देही, कपिलवस्त, पूर्वी नवलपरासी, कास्की, नुवाकोटलगायत ठाउँमा पनि बम विस्फोट भएको थियो । विस्फोटको जिम्मा नेक्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लिएको छ ।
प्रकाशित समय २०:३० बजे

















