गृहपृष्ठ सेयर अभौतिकीकरण गर्न एनआईसी एशिया बैंकको आग्रह
सेयर अभौतिकीकरण गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंकको फागुन पुस ४ गते बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता सेयर फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । यससँगै बैंकको जारी तथा चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ छ । बैंकको केही सेयर अझै अभौतीकरण भइनसकेको भन्दै बैंकले सेयर अभौतिकीकरण गर्न सेयरधनीलाई आग्रह गरेको छ ।
देशभर एनआईसी एशिया बैंकका २७७ शाखा कार्यालय, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ एकाइ छन् ।
प्रकाशित समय ०६:५१ बजे

















