गृहपृष्ठ महिला टि-२० : नेपालले कुवेतलाई हरायो, रुबिनाकाे ह्याट्रिक
महिला टि-२० : नेपालले कुवेतलाई हरायो, रुबिनाकाे ह्याट्रिक
आइसिसी महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले पाँचौ जित हात पारेको छ ।
बुधबार भएको खेलमा कुवेतलाई ३० रनले पराजित गर्दै नेपालले पाँचौ जित पारेको हो । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो ।
नेपालको जितमा कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् ।
जितसँगै नेपाल दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताको अन्तिम खेलमा थाइल्यान्ड र युएईबीच प्रतिस्पर्धा हुनेछ । खेलपछि आइसिसी विश्वकप छनोटमा छानिने शीर्ष एक टिमको टुंगो लाग्नेछ ।
प्रकाशित समय १२:०९ बजे

















