गृहपृष्ठ हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातै जनाको निधन भएको पुष्टि

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातै जनाको निधन भएको पुष्टि

ताप्लेजुङकाे फुङलिङ नगरपालिकामा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको निधन भएको पुष्टि भएको छ ।

हेलिकोप्टरमा यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धुब्रदास वजिमय, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल र प्रधानमन्त्री कार्यालयमै कार्यरत अर्जुन घिमिरे सवार थिए ।

मन्त्री अधिकारीको ताप्लेजुङको आठराई गाउँपालिकास्थित चुहानडाडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा उक्त हेलिकप्टर दुर्घटना हो । फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बोको सिस्ने स्थित तारेभीरमा भीरमा ठोकिएर बिमान दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार हेलिकोप्टर खसेपछि ठूलो आवाज आएको र लगत्तै धुवाँको मुस्लो देखिएको थियो। सबैका शब जलेको अवस्थामा भेटिएको उद्धारमा खटिएका स्थानीयवासीहरूले बताएका छन् ।

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु