गृहपृष्ठ ताप्लेजुङ दुर्घटना : बिहीबार राष्ट्रियशोक, राजकीय सम्मानका साथ अन्त्येष्टि हुने

ताप्लेजुङ दुर्घटना : बिहीबार राष्ट्रियशोक, राजकीय सम्मानका साथ अन्त्येष्टि हुने

Pmo-Office_newskarobar

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि सरकारले बिहीबार राष्ट्रियशोक मनाउने निर्णय गरेको छ ।

घटनाको खबरलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । साथै मन्त्रिपरिषद्को सोही बैठकले घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु