गृहपृष्ठ हेलिकप्टर दुर्घटनाको बाँकी तीन शव संकलन गरिँदै
हेलिकप्टर दुर्घटनाको बाँकी तीन शव संकलन गरिँदै
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनामध्ये तीन जनाको शव संकलनको तयारी हुँदै छ । हिजो साँझसम्म चार जनाको शव ताप्लेजुङको सुकेटार विमानस्थल पुर्याइएको थियो ।
साँझ परेसँगै हिमपात हुन थालेपनि बुधबार बेलुकी उद्दारको काम नसकिएको हो । आज बिहान मौसममा केही सुधार आएको बताइएको छ । तीन जनाको शव संकलनपछि सातैजनाको शव आज काठमाडौं ल्याइने बताइएको छ ।
बाँकी तीनवटा शव कुर्न अनकन्टार भीरमा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० जना सुरक्षाकर्मीको टोली खटिएको छ ।
प्रकाशित समय ०७:५३ बजे

















