गृहपृष्ठ पर्यटनमन्त्रीको श्रद्धान्जली सभा भोलि, पोष्टमार्टम गर्न समय लाग्ने
पर्यटनमन्त्रीको श्रद्धान्जली सभा भोलि, पोष्टमार्टम गर्न समय लाग्ने
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएकाले श्रद्धान्जली सभा स्थगित गरिएको हो । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो ।
प्रकाशित समय १६:१७ बजे

















