गृहपृष्ठ बालविवाहका कारण काम गर्न असहज

बालविवाहका कारण काम गर्न असहज

karnali_newskarobar

बालविवाहका कारण वडाहरुमा काम गर्न असहज भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक कर्णाली प्रदेशको आयोजनामा स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुका लागि क्षमता अधिवृद्धि कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका-११ का अध्यक्ष नन्दलाल शर्माले वडा कार्यालयमा बालविवाहका कारण काम गर्न असहज भएको बताए । उनले भने, ‘विवाह गर्दा १५ वर्षमा गर्छन् । नागरिकता, विवाह दर्ता गर्ने उमेरमा दुईवटा बच्चा जन्मिसकेका हुन्छन् । अब छोराछोरीको जन्मदर्ता गर्दा बाबुआमाको न नागरिकता छ न विवाह दर्ता ।’

त्यस्तै वीरेन्द्रनगर नगरपालीका-२ का वडा अध्यक्ष बलबहादुर रोकायले सामाजिक सञ्जाल फेसबुकका कारण बालविवाह बढेको बताए । उनले भने, ‘सामाजिक सञ्जालको गलत प्रयोगका कारण समाजमा बालविवाह लगाएतका विकृतीहरु बढिरहेका छन् ।’

स्थानीय तहबाटै अब सामाजिक सञ्जाल कति उमेर समूहकाले चलाउने भन्ने नीति बनाउनु जरुरी रहेको उनको टिप्पणी छ ।

कार्यक्रममा विभिन्न विषयमा प्रस्तुतीकरण राखिएका थिए । विकास र सैद्दान्तिक अवधारणाका विषयमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाय , आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका स्थानीय सवाल र समाधानमा स्थानीय तहको भूमीकामा मेयर देवकुमार सुवेदी र नगरमा देखिएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा कमल लम्सालले प्रस्तुतीकरण राखेका थिए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका- ११, २ र १० नम्बर वडाका जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा ईन्सेक कर्णालीका संयोजक नारायण सुवेदीले मानव अधिकारको पैरवीका लागि ईन्सेक निरन्तर लागीरहेको बताए । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरलाई सम्बृद्धितर्फ लैजान सम्पूर्ण अधिकारबाट जनतालाई लाभान्वित गराउने र त्यसको लागि आफुहरु लागीपर्ने बताए ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु