गृहपृष्ठ प्रदेशसभा कर्णाली : शनिबार बस्ने बैठकको एजेन्डा अपूर्ण
प्रदेशसभा कर्णाली : शनिबार बस्ने बैठकको एजेन्डा अपूर्ण
करिब ४ महिनापछि सुरू भएको प्रदेशसभा कर्णालीको दोस्रो बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ । शनिबार बस्ने बैठकको एजेण्डा भने अहिलेसम्म अपूर्ण नै रहेको छ । कर्णाली प्रदेश संसद सचिवालयका सचिव विनोद अमात्यका अनुसार शनिबार बैठकमा के एजेण्डामा छलफल हुन्छ भन्ने कुराको टुङ्गो छैन ।
उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक शानिबार बिहान ९ बजे बस्ने भएको छ । त्यो बैठकले नै के एजेन्डामा छलफल हुने भन्ने कुराको टुंगो लगाउने छ ।’
शनिबार बस्ने बैठकमा यसअघि टेबुल भएका दुईवटा विधेयकमाथि सैद्दान्तिक छलफल हुनेछ । उनले थपे, ‘शानिबार १८ गते बस्ने बैठकमा पनि दुईवटा विधेयक टेबुल हुनेछन् । भूमी, व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले प्राङ्गारिक कृषि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल गर्ने कार्यक्रम छ ।’
त्यस्तै सामाजिक विकासमन्त्री दल रावलले प्रदेशको खेलकुदमा विकास गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७५ पनि टेबुल हुने सम्भावना रहेको उनले बताए ।
कर्णाली प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठक प्रायः बैठक बस्नु भन्दा एकदुई घण्टा अगाडि बस्ने भएकोले हतारमा र अपूर्ण एजेण्डा अगाडि आउने गरेका छन् ।
प्रकाशित समय १९:४३ बजे

















