गृहपृष्ठ रवीन्द्रको क्षेत्रमा उनकै परिवारका सदस्य उम्मेद्ववार : वामदेव गौतम

रवीन्द्रको क्षेत्रमा उनकै परिवारका सदस्य उम्मेद्ववार : वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले आफ्नोविरुद्ध कुप्रचार भएको बताएका छन् । नेता गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित भएको क्षेत्रबाट उपनिर्वाचन लड्ने हल्ला चलाएको गुनासो गरे ।

नेता गौतमले आफू अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा गएको सन्दर्भलाई जोडेर आफ्नोविरुद्ध कुप्रचार सुरु गरिएको आराृप लगाए । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म रवीन्द्रको दुःखद् निधनबाट खालिभएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन’, उनले भनेका छन, ‘मेरो सम्पूर्ण प्रयत्न रवीन्द्रको परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु।’

प्रकाशित समय १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु