गृहपृष्ठ पर्सामा १३ हजार टन कम गहुँ उत्पादन

पर्सामा १३ हजार टन कम गहुँ उत्पादन

gahu_newskarobar

किसान उखुखेतीतर्फ आकर्षित भएपछि पर्सामा गहुँ उत्पादनमा व्यापक गिरावट आएको छ । गहुँखेतमा कृषकले उखु लगाएपछि पर्सामा गत वर्षको तुलनामा १३ हजार टन कम उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

चालू आर्थिक वर्षमा २६ हजार हेक्टरमा गहुँखेती गरिएकोमा ६७ हजार ६०० टनमात्र उत्पादन भएको छ । गत वर्ष ३१ हजार हेक्टरमा ८० हजार ६०० टन गहुँ उत्पादन भएको थियो । यो वर्ष जिल्लाका किसानले उखुखेतीलाई प्राथमिकतामा राखेकाले उत्पादनमा कमी आएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु