गृहपृष्ठ पोखरीका सबै माछा कसरी मरे एकैपटक ?
पोखरीका सबै माछा कसरी मरे एकैपटक ?
पोखराका एक माछा व्यवसायी मदन खड्काका माछा पोखरीका प्रायः सबै माछा मरेका छन् । पोखरा–२२, कालिखोलामा रहेको गोर्खाली एग्रो फार्मका सबै माछा शनिबार बिहान मरेका हुन् ।
‘राति ठूलो पानी परेको थियो, राति केही समय विद्युत पनि गएको थियो,’ उनले भने, ‘यो घटना शंकास्पद छ, माछापोखरीमा कसैले बिषादी राखेको हुनसक्छ ।’ भलामखोलाको पानी मिसाइएको उक्त माछापोखरीका माछा मरेर पानीमा तैरिएको अवस्थामा रहेको खड्काले बताए । उनका अनुसार भलामखोलाको पानी भने सामान्य अवस्थाको छ ।
पाँचवटा माछापोखरीमा करिब एक हप्ता अघि मात्र उनले २८ हजार माहुर जातका माछाको भुरा हालेका थिए । भक्तपुरका स्थायी बासिन्दा खड्काले तीन वर्षदेखि बंगुर फार्मसमेत सञ्चालन गर्दै आएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका–२० का अध्यक्ष सिम गुरुङले यस्तो घटना पहिलो पटक भएको बताए । ‘मैले घटनाबारे जानकारी पाएको छु,’ उनले भने, ‘यस विषयमा राम्रोसँग बुझेरमात्र बोल्न सकिन्छ ।’
प्रकाशित समय १९:५१ बजे

















