गृहपृष्ठ काठमाडौंमा अन्तर्राष्ट्रिय  शाकाहारी सम्मेलन फागुन २६ र २७ मा हुने

काठमाडौंमा अन्तर्राष्ट्रिय  शाकाहारी सम्मेलन फागुन २६ र २७ मा हुने

काठमाडौं । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा फागुन २६ र २७ गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन हुने भएको छ । नेपालमै पहिलोपटक गरिन लागेको सम्मेलनमा अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारत लगायत तीसभन्दा बढी देशबाट सहभागी हुने भएको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले कार्यक्रमको उद्घाटन गर्दै यसको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए । संघका उपाध्यक्ष कृष्ण गुरूङले सम्मेलनमा शाकाहारी परिकारको महोत्सवसमेत हुने बताए ।

नेपालका ४०० बढी प्रतिनिधि कार्यक्रममा सहभागी हुने छ । कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक तवरले बहस र व्याख्या गरिने संघका महासचिव सुरेश शर्माले बताए । कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैंकले गरेका हुन्

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु