गृहपृष्ठ सात क्षेत्रमा खानी उत्खनन गर्ने अध्ययन
सात क्षेत्रमा खानी उत्खनन गर्ने अध्ययन
काठमाडौं । मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्ने भएको छ ।
पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौँथोमा अछाम, दैलेख र कालिकोट, पा“चौमा रोल्पा, छैटौंमा बझाङ, बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गर्न भएको छ ।
अध्ययनका लागि तीन करोड ९० लाख बजेट छुट्याएको छ । विभागका सूचना अधिकारी कृष्णदेव झाले अध्ययनका लागि छिट्टै कर्मचारी खटाइने बताए । हाल मकवानपुरको किटभञ्याङमा फलामखानी, मकवानपुरकै नामटारमा चुनढुंगा तथा कान्द्राङगडी धादिङमा चुनढुंगा उत्खनन गरिरहेको बताए ।
प्रकाशित समय १५:४२ बजे