गृहपृष्ठ कृषकसँग आपूर्तिमन्त्री मातृका यादव धर्नामा बस्ने !

कृषकसँग आपूर्तिमन्त्री मातृका यादव धर्नामा बस्ने !

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रकम भुक्तानी दिलाउने प्रतिबद्धता जनाएपछि महोत्तरीका उखु कृषकले आन्दोलन स्थगित गरेका छन् । रकम भुक्तानीको माग राख्दै उखु कृषक महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका थिए । मन्त्री यादवले धर्नामा बसेका कृषकलाई भेटेर भुक्तानी दिलाउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

मन्त्री यादवले कृषकहरुका समस्या समाधान गर्न नसके आफैं धर्नामा बस्ने बताएपछि कृषक पछि हटेका हुन् । मन्त्रीको आश्वासनपछि २२ दिनदेखि जारी धर्ना कार्यक्रम स्थगित भएको छ । मिलको विभिन्न गेटमा किसानले लगाएको तालाबन्दी भने जारी नै रहेको उखु उत्पादक कृषक संघ महोत्तरीका पूर्वअध्यक्ष महाशंकर थिङले बताए । महोत्तरीका कृषकले उखु बिक्री गरेबापत एक अर्ब ७५ करोड रकम एकमुष्ट माग गर्दै गत जेठ ६ गतेदेखि तालाबन्दीसहित धर्नामा बसेका थिए ।

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु