गृहपृष्ठ प्रधानमन्त्रीले पदक विजेता खेलाडीलाई भेटेर बधाई दिँदै
प्रधानमन्त्रीले पदक विजेता खेलाडीलाई भेटेर बधाई दिँदै
प्रोत्साहनस्वरूप पुरस्कार घोषणाको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको तर्फबाट पदक विजेता खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बालुवाटार बोलाएका छन् । सामूहिक भेट गरी खेलाडी र पदाधिकारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई दिने भएका छन् ।
भेटका लागि बुधबार दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी छ ।
प्रधानमन्त्री ओली स्वास्थ्यका कारण सागको उदघाटन र समापन समारोहमा सहभागी हुन सकेका थिएनन् । मंगलबार भएको समापन समारोहमा उनले भिडियो सन्देश पठाएका थिए । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ ।
प्रकाशित समय ११:४२ बजे

















