गृहपृष्ठ सिआइपीबाट २५ व्यक्ति तथा संस्था सम्मानित, क‑कसले पाए ?

सिआइपीबाट २५ व्यक्ति तथा संस्था सम्मानित, क‑कसले पाए ?

सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने २५ उद्योगी एवं व्यावसायिक संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) प्रदान गरेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रले तयार पारेको सूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायी एवं संस्थाहरूलाई सम्मान गरेका हुन् ।

मुलुकको उत्पादन, निर्यात, रोजगारी, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संस्थालाई सिआइपी प्रदान गरिएको छ । सम्मानित हुनेमा निर्याततर्फ युवा व्यवसायीसहित १८, उत्पादन, लगानी, पर्यटन र रेमिट्यान्सतर्फ एक/एक तथा वाणिज्य क्षेत्रमा प्रवर्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने तीन जना गरी २५ जना छन् ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिने तयारी थालिएको हो । यसअघि सरकारले २०७० सालमा पहिलो पटक १५ विधामा ३४ उद्यमीलाई सिआइपी प्रदान गरेको थियो । ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०६९’ अनुसार सिआइपी प्रदान गर्न थालिएको हो । प्रत्येक दुई/दुई वर्षमा सिआइपी प्रदान गरिने कार्यविधिमा उल्लेख भए पनि विवादका कारण ६ वर्षपछि प्रदान गरिएको हो ।

उत्कृट उद्योगी व्यवसायीलाई सिआइपीको परिचयपत्र, लोगो र प्रमाणपत्र प्रदान गरिएको छ । सिआइपी सम्मानप्राप्त व्यक्तिलाई नेपालको प्रतिष्ठित उद्योगी‑व्यवसायीको रूपमा स्वदेश तथा विदेशमा पहिचान गराउने सरकारको उद्देश्य छ । केन्द्रले तयार पारेको सूचीअनुसार निर्यातकर्ता, लगानीकर्ता र रोजगारदातालाई सिआइपी प्रदान गर्ने विषयमा कात्तिक २९ गते नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीस्तरीय निर्णय भएको थियो ।

 

क‑कसले पाए सिइपी ?

तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा

क. धागो (रामचन्द्र संघई, अध्यक्ष, त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. छातापिपरा, बारा)

ख. ऊनी गलैंचा (दोर्जे ग्याल्सेन लामा, प्रबन्ध सञ्चालक, द सांग्रिला कार्पेट एन्ड ह्यान्डी क्राफ्टस इन्डस्ट्रिज प्रा.लि., बौद्ध, काठमाडौं

ग. तयारी पोसाक (राहुलमान शाक्य, प्रबन्ध निर्देशक, काठमाडौं स्टार फेसन प्रा.लि. हात्तीवन, ललितपुर)

घ. पश्मिना सल (सूर्यकुमार गुरुङ, सञ्चालक अध्यक्ष, एभरेस्ट पश्मिना निटिङ एन्ड विभिङ इन्डस्ट्रिज प्रा.लि., गोदावरी, ललितपुर)

ङ. ऊनी फेल्टका उत्पादन (रवीन श्रेष्ठ सिन्या, प्रोप्राइटर, एभरेस्ट फेसन, खुमलटार, ललितपुर)

भारततर्फ निकासी रकमको आधारमा

क. हरकिरतसिंह बेदी (बिजनेस हेड, डाबर नेपाल प्रा.लि., जितपुर, बारा)

ख. दिव्यराज सापकोटा (महाप्रबन्धक, आरती स्ट्रिप्स प्रा.लि., विराटनगर, मोरङ)

ग. युक्ती गोल्छा (निर्देशक, हुलास वायर इन्डस्ट्रिज लि., विराटनगर, मोरङ)

चीनतर्फ निकासी रकमको आधारमा

क. पेम्बा दोर्जे शेर्पा (प्रोप्राइटर, न्यु हस्तकला एक्सपोर्ट, बौद्ध, काठमाडौं)

ख. विश्वराज बस्नेत (व्यवस्थापक, गणेश हिमाल इम्पोर्ट एन्ड एक्सपोर्ट प्रा.लि., ठमेल, काठमाडौं)

ग. मछिन्द्र पाण्डे (प्रोप्राइटर, न्यु प्यागोडा इन्टरप्राइजेज, टोखा, काठमाडौं)

नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तु निर्याततर्फ

गोपीप्रसाद कँडेल (प्रोप्राइटर, पिपुल्स क्राफ्ट एक्सपोर्ट, बानियाटार, काठमाडौं)

वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका कृषिजन्य वस्तु र जडीबुटीतर्फ

क. कृषिजन्यतर्फ (सुजनकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक, मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रा.लि., बालुवाटार, काठमाडौं)

ख. जडिबुटीतर्फ (निर्वाणकुमार चौधरी, अध्यक्ष, सिजी बायोटेक प्रा.लि., सानेपा, ललितपुर)

महिला निर्यातकर्तातर्फ

राज्यलक्ष्मी गोल्छा (प्रबन्ध निर्देशक, हुलास वायर इन्डस्ट्रिज लि., विराटनगर, मोरङ)

सफ्टवेयर निर्याततर्फ

दीपेश प्रधान (प्रबन्ध सञ्चालक, एलआइएस नेपाल प्रा.लि., मानभवन, ललितपुर)

स्वदेशी श्रम र सीप उपयोग गर्ने उद्योगतर्फ

लिउ सु कुवाङ (प्रबन्ध निर्देशक, होङ्सी शिवम सिमेन्ट प्रा.लि., नक्साल, काठमाडौं)

रोजगारी सिर्जनातर्फ

पवनकुमार गोल्याण (अध्यक्ष तथा प्रबन्ध सञ्चालक, रिलायन्स स्पिनिङ मिल्स लि., कमलादी, काठमाडौं)

रेमिट्यान्सतर्फ

चन्द्रप्रसाद ढकाल (अध्यक्ष, आइएमई लिमिटेड, पानीपोखरी, काठमाडौं)

पर्यटनतर्फ

सुरेशलाल श्रेष्ठ (कार्यकारी सञ्चालक, तारागाऊँ रिजेन्सी होटल्स लि., बौद्ध, काठमाडौं)

युवा उद्यमीतर्फ

क. महिला (सुनिता शेर्पा, प्रबन्ध निर्देशक, फेल्ट एन्ड यार्न प्रा.लि., नयाँ बजार, काठमाडौं)

ख. पुरुष (अक्षय गोल्याण, सञ्चालक, रिलायन्स स्पिनिङ मिल्स प्रा.लि., कमलादी, काठमाडौं)

वाणिज्य क्षेत्रमा प्रवर्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने

क. भवानी राणा (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, टेकु, काठमाडौं)

ख. राजेशकाजी श्रेष्ठ (अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स, जमल, काठमाडौं)

ग. सतिशकुमार मोर (अध्यक्ष, नेपाल उद्योग परिसंघ, थापाथली, काठमाडौं)

प्रकाशित समय १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु