गृहपृष्ठ अाठ वर्षपछि विश्वकपमा फर्किएको सर्बियाले कोस्टा रिकालाई हराउला ?
अाठ वर्षपछि विश्वकपमा फर्किएको सर्बियाले कोस्टा रिकालाई हराउला ?
सर्बिया ८ वर्षपछि विश्वकपमा फर्किएको छ । आज राति समूह ‘डी’ अन्तर्गत उसले कोस्टा रिकासँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टोलीलाई नेपाली समयअनुसार पौने ६ बजे स्वागतका लागि समारा रंगशाला पर्खिरहेको छ । युरोपेली छनोट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले विजेताको हैसियतमा रूसको टिकट काटेको थियो । सर्बिया युरोपेली छनोट प्रतियोगितामा वेल्स, आयरल्यान्ड, अस्ट्रिया, जर्जिया र मोल्डोभाजस्ता बलिया टोली सम्मिलित समूह ‘डी’ मा परेको थियो । आयरल्यान्डलाई २ अंकले पछि पार्दै सर्बिया ८ वर्षपछि विश्वकपमा फर्किएको हो ।
युगोस्लाभियाको नामबाट १९३० कै संस्करणबाट विश्वकपमा सहभागिता जनाएको युरोपेली टोलीले सर्बियाको नाममा भने पहिलो पटक २०१० को विश्वकप खेल्न लागेको हो ।
सर्बियाका प्रशिक्षक क्रास्टाजिकले विश्वकपमा छनोट भएर सफलता पाइसकेको भन्दै रूसमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । समूह ‘डी’ मा रहेको सर्बियाले पहिलो चरणमा ब्राजिल, स्विट्जरल्यान्ड र कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ ।
सर्बियाको टिममा विभिन्न क्लबबाट राम्रो प्रदर्शन गर्दै आएका खेलाडीहरु छन् । उसँग गोलकिपर भ्लाद्भिर स्तोचोभिच (पार्टनान बेलग्रेड), प्रेद्राग राजकोभिच (माकावी तेल एभिभ), मार्को डिमित्रोभिच (एइबर), एलेक्जेन्डर कोलारोभ (एएस रोमा), ब्रानिस्लाभ इभानोभिच (जेनिट सेन्ट पिटरर्सबर्ग), डुसको टसिच (ग्वान्चाव आर एन्ड एफ), एन्टोनियो रुकाभिना(भिल्लारियाल), मिलोस भेल्जकोभिच (वेर्डर ब्रेमन), मलिान रडिचरेड स्टार बेलग्रेड), युरोज स्पाजिक (कारास्नोडार), निकोला मिलेनकोभिच (फियोरेन्टिना) मिडफिल्डर स् नेमानिया माटिच ( म्यानचेस्टर युनाइटेड), लुका मिलिभोजेभिच (क्रिस्टल प्यालेस), सेर्गेज मिलिनकोभिच–साविच (लाजियो), मार्को ग्रुजिच (लिभरपुल), एडम लजाजिच (टोरिनो), डुसान ट्याडिच (साउथह्यामटन), फिलिप कोस्टिच (ह्यामबर्ग), एन्ड्रिजा जिभकोभिच (बेन्फिका), नेमानिया र्याडोन्जिच (रेड स्टार बेलग्रेड) छन् । यस्तै फर्वाडमा एलेक्जेन्डर मित्रोभिक (न्युक्यासल युनाइटेड), एलेक्जेन्डर प्रिजोभिच (पिएओके सालोनिका), लुका जाभिच (बेनफिका) छन् ।
यता, चार वर्षअघि ब्राजिल विश्वकपमा असाधारण खेल्दै क्वार्टरफाइनलसम्म पुगेको कोस्टा रिका सर्बियालाई सजिलै हराउने दाउमा हुनेछ । ब्राजिलमा कोस्टा रिका इटाली, इङल्यान्ड र उरुग्वे रहेको समूहबाट माथि उठने कसैले विश्वास गरेका थिएनन् । तर, सात पटक विश्वकपको उपाधि उचालिसकेका तीन महारथीलाई पछि पार्दै समूह विजेताका रुपमा अन्तिम १६ पुगेको टोलीले क्वार्टरफाइनलमा पनि स्थान सुरक्षित गर्याे । यसपाली पनि कोस्टा रिका चार वर्षअघिजस्तै चुनौतीको घेराभित्र नै छ । कोस्टा रिका रहेको समूह ‘इ’ मा प्रतियोगिताकै मुख्य दाबेदार ब्राजिल तथा युरोपका दुई बलिया टिम स्विट्जरल्यान्ड र सर्बिया छन् ।
चार वर्षअघि ब्राजिलमा सफलता हासिल गर्दाका २३ मध्ये १२ खेलाडी यसपाली रुसको भ्रमणमा पनि टोलीसँगै छन् । साथमा अघिल्लो पटक छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्नाका बावजुद टोलीमा पर्न नसकेका चार खेलाडी यसपाली अटाएका छन् ।
प्रशिक्षक ओस्कार रामिरेजले परिपक्व खेलाडीहरुको टोली बनाएका छन् । रामिरेजको २३ सदस्यीय टोलीमा खेलाडी फुटबलीय क्षमताका आधारमामात्र नभई अनुभवमा पनि परिपक्व छन् ।
कोस्टा रिकाको टिममा पनि पनि विभिन्न क्लबमा नाम कमाएका खेलाडी छन् । उसँग गोलकिपर केलेर नाभास (रियाल मड्रिड), प्याट्रिक पेम्बर्टन (आलाजुइलेन्स), लियोनेल मोरेइरा (हेरेडियानो) छन् । रक्षकमा जोनी एकोस्टा (रियोनेग्रो एग्विलास), जियानकार्लो गोन्जालेज (बोलोग्ना), क्रिस्टियन गाम्बोआ (सेल्टिक), ब्रायन ओभिडो (सन्डरल्यान्ड), ओस्कार डुआर्टे (स्पान्योल), फ्रान्सिस्को काल्भो (मिनिसोटा युनाइटेड), केन्डल वाट्सन (भ्यान्कोभर ह्वाइटक्याप्स), रोनाल्ड माटारिटा (न्युयोर्क सिटी), इयान स्मिथ (नोर्कोपिङ) हुनेछन् ।
मिडफिल्डर सेल्सो बोर्गस (डिपोर्टिभो कोरुना), क्रिस्टियन बोलानोस (साप्रिसा), रान्डल एजोफेइफा (हेरेडियानो), येल्तसिन टेजाडा (लुजाने स्पोर्ट), डेविड गुजम्यान (पोर्टल्यान्ड टिम्बर्स), रोड्नी वालेस (न्युयोर्क सिटी), ड्यानिअल कोलिन्डर्स (साप्रिसा) पनि कोस्टा रिकाका आत्मबल हुन् ।
फरवार्ड ब्रायन रुइज, कप्तान (स्र्पोट्रिङ सिपी), जोइल क्याम्पवेल (रियाल बेटिस), मार्को एरेना (लस एन्जल्स), योकान भेनेगास (साप्रिसा) कोस्टा रिकाका स्कोरर हुन सक्छन् ।
प्रकाशित समय १०:३५ बजे

















