गृहपृष्ठ चिकित्सकको संवेदनहीन आन्दोलन

चिकित्सकको संवेदनहीन आन्दोलन

सडकमा ओपीडी, मर्कामा विरामी

dr-newskarobar1

 

अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरु सडकमा उत्रँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ । प्रदर्शनमा उत्रेका केसी समर्थक चिकित्सकहरुले सडकमै बहिरंग सेवा (ओपिडी) सुरु गरेका छन् ।

डा. केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौंका आवासीय डाक्टरले शुक्रबार माईतिघर मण्डलामै ओपिडी सेवा संञ्चालन गरेका हुन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा आकस्मिक बाहेकका सेवा बन्दै गर्दै हड्तालमा उत्रिएका उनिहरुले माईतिघर मण्डलामा सांकेतिक विरोध स्वरुप ओपिडी सेवा सुरु गरेका हुन् ।

dr-newskarobar3

स्वास्थ्य सेवा सुधारको माग गर्दै डा. केसी अनशनमा बसेको १४ औं दिन भइसक्दा पनि उनको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै डाक्टरहरु प्रदर्शनमा उत्रिएका हुन् । डा. केसीको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएकाले बाध्य भएर सडकमा उत्रनुपरेको एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डाक्टर केशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकार गम्भीर नबनेकाले दबाब दिन सेवा बहिष्कार गरिएको उनले बताए । श्रेष्ठले भने ‘डा केसीको माग पुरा गर्दै उहाँको जीवन रक्षको माग गर्दै, सडकमै ओपीडी राखेर सांकेतिक रुपमा उपचार दिएका हौं ।’

dr-newskarobar4

यसअघि आवासीय डाक्टरले कालोपट्टी बाँधेर विरोधका कार्यक्रम गर्दै आएका थिए । शिक्षण अस्पतालमा अहिले झण्डै तीनसय जना आवासीय डाक्टर छन् । डाक्टर केसीको यसअघिका अनशनमा पनि शिक्षण अस्पतालका आवासीय डाक्टरले आकस्मिक बाहेकका सेवा दिएका थिएनन् । डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बसेको यो १५ औं पटक हो ।

dr-newskarobar2

उता अत्यावश्यक क्षेत्रमा हड्ताल गरेको भन्दै आवासीय डाक्टरको यो निर्णयको चौतर्फी विरोध पनि भएको छ । उपचारलगायत अत्यावश्यक क्षेत्रमा सेवा नै बन्द हुनेगरि हड्ताल गर्न नपाइने सर्वोच्च अदालतको आदेशको उल्लंघन भएको भन्दै विरोध भएको छ । डाक्टरहरुको यो आन्दोलनले उपचारका लागि पुग्ने हजारौं नागरिकलाई मर्का परेको छ ।

dr-newskarobar

dr2-newskarobar

dr1-newskarobar

(तस्बिर : सुनिल प्रधान)

प्रकाशित समय १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु