गृहपृष्ठ कम्युनिस्ट कमजोर पार्न विदेशी शक्ति लागेको प्रचण्डको आरोप

कम्युनिस्ट कमजोर पार्न विदेशी शक्ति लागेको प्रचण्डको आरोप

prachanda-newskarobar शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड, तस्बिर : नारायण अधिकारी-रासस

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको आरोप लगाएका छन् ।

शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले श्ुक्रबार आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको दावी गरे ।

सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको उनको भनाई थियो । प्रचण्डले भने, ‘इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।’

विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताएको उनले दावी गरे । यसले आफूहरुलाई जिम्मेवारी र गौरव बढेको र चुनौती थपिएको प्रचण्डको भनाई थियो ।

अर्को एक प्रसंगमा उनले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुंग्याँउने जानकारी दिए । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पु¥याउने उनको भनाई थियो ।

(रासस)

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु