गृहपृष्ठ साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका सहयोगी कारागार चलान

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका सहयोगी कारागार चलान

morang-jilla-adalat-newskarobar

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दाका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीका तीनजना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् ।मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सोमबार ६ जना अभियुक्तमध्ये तीन जनालाई पुर्पक्षका लागि थुना राख्ने तथा तीन जनालाई धरौटीमा छोडने आदेश दिएका हुन् ।

जेल चलान हुनेमा काठमाडौं–१६, स्वयम्भूका ५४ वर्षीय फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, काठमाडौं–६, गौरीघाटका ४२ वर्षीय रामकुमार तिवारी र काठमाडौं–९ का ३४ वर्षीय मदन सिलवाल पुर्पक्षका लागि मोरङ कारागार चलान भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

त्यस्तै, जिल्ला अदालतले उर्लाबारी–५ का ३८ वर्षीय रेवत भनिने रेवन्तकुमार आचार्य एक लाख २१ हजार ५ सय, दमक–९ का ३४ वर्षीय विनोद अधिकारी र दोलखा चरिकोट–१ का ४३ वर्षीय मोतीराम श्रेष्ठलाई जनही एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकोे छ ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार सातजनालाई पुरक अभियोग लगाएर आपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु