गृहपृष्ठ प्रदेश ५ को राजधानी र नाम तोक्न ध्यानाकर्षण

प्रदेश ५ को राजधानी र नाम तोक्न ध्यानाकर्षण

name state 5-newskarobar

प्रदेशसभा ५ को प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेशको नाम र राजधानी तोक्न आग्रह गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले प्रदेशको नामकरण र राजधानी तोक्न ढिलाइ गर्न नहुने बताएका हुन् ।
सांसद भूमेश्वर चौधरीले राजधानी नतोक्दा प्रदेश ५ सुकुम्बासीजस्तै भएको टिप्पणी गरे । ‘न नाम, न त राजधानी छ, एक वर्ष रुपन्देहीमा राखौं, अर्काे वर्ष बर्दियाको राजापुरमा राजधानी राख्नुपर्छ,’ व्यंग्य गर्दै उनले भने ।

सांसद अष्टभुजा पाठकले सरकारलाई प्रदेशको नाम र राजधानी राख्न के को डर ? भन्दै प्रश्न गरे । उनले भने, ‘छिमेकी प्रदेशहरु नामकरण भइसके, स्थायी राजधानी तोकिसकियो, यहाँ कसले रोक्यो, किन तोेकिएन ?’ सांसद धर्मबहादुर लाल श्रीवास्तवले प्रदेशको राजधानी कपिलवस्तुको तिलौराकोटमा राख्नुपर्ने बताए ।

समीक्षा हत्याबारे छानबिन माग
प्रदेशसभाको बैठकमा रुपन्देहीको रुद्रपुरकी–१६ वर्षीया समीक्षा ठकुरीको रहस्यमय हत्या भएको घटनाको सत्यतथ्य पत्ता लगाउन सांसदहरुले माग गरेका छन् । शून्य समयमा बोल्दै सांसदहरु निर्मला क्षेत्री, कमलादेवी बिक र दामाकुमारी शर्माले समीक्षा ठकुरीको रहस्यमय मृत्यु महिला हिंसाको चरम उत्कर्षको उदाहरण भएको भन्दै सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

प्रकाशित समय २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु