गृहपृष्ठ भारतीय सांसद र प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्ति फिर्ता लिन भीम रावलको आग्रह

भारतीय सांसद र प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्ति फिर्ता लिन भीम रावलको आग्रह

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेद्र मोेदीको नेपाल भ्रमणको विषयमा भएको सहमतिले दुई देशविचको सम्बन्धलाई समानताको आधारमा अघि बढ्ने प्रधानमन्त्रीले उठाए पनि स्वतन्त्र राष्ट्रमाथि व्यक्त भएको अभिक्तीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सदनमा जानकारी गराएको विषयमा आफ्नो ध्यानाकर्षण भएको नेता रावलले बताए । उनले दुई देशविचको सम्बन्धनको विषयमा गराएको जानकारी राम्रो भएपनि भारती प्रधानमन्त्रीको नेपाल भ्रणको क्रममा भारतीय सांसद किर्ते आजादले ट्वीटरमार्फत दिएको अभिव्यक्तिको खेदपूर्ण भएको बताए । ‘हाम्रो संविधानमा स्वतन्त्र राष्ट्रको विषयलाई हामीले आत्मसात गरेका छौं,’ उनले भने ‘यस विषयमा केही सच्याउनुपर्ने विषयहरुमा पनि आगामी सेप्टेम्बरसम्ममा सबै विषय टुंग्याउन बताउनु भएको छ, त्यो स्वागतयोग्य छ ।’

मोदीसंग स्पष्ट कुरा राखिएको र आगामी सेप्टेम्बरसम्ममा सबै काम गर्ने विषयमा भएको सहमतिअनुसारको काम राम्रासंग अगाडी बढोस् भन्दै उनले नेपालको रेल तथा जलमार्गको विषयमा भएको सहमतिलाई कार्यान्वयनमा लैजान आग्रह गरे । ‘भारती प्रधानमन्त्रीको नेपाल भ्रणको समयमा डुवानको विषयलाई स्पष्ट रुपमा राखिएको छ,’ नेता रावलले भने, ‘त्यसले आगामी दिनमा राष्ट्रिय हितमा जाने हामीले विश्वास लिन सक्छौं ।’

दुई देशविचको नाकाबन्दीको कुरा विर्सेर अगाडी बढेको भन्दै प्रधानमन्त्री ओलीले बताए पनि भारती संसदका सांसद तथा भाजपाका नेता किर्ते आजादले जनकपुरलाई मिथिला प्रदेशको राजधानी बनाउने भारतमा फर्काउन दिएको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको उनले बताए । उनले भारतीय सांसदले दिएको अभिव्यक्ति फिर्ता लिनुसमेत बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि हामीले काम गरेका छौं,’ उनले भने, ‘हामीले संविधान निर्माणको केही त्रुटीहरु भएको भएर त्यसलाई सच्याउने विषयमा हामीले आत्मसात गरिसकेका छौं ।’

भारतीय प्रधानमन्त्रीको अभिनन्दका लागि आयोजना गरिएको समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिपति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले यो अभिव्यक्तिलाई खेदजनक भएको बताएका छन् । भारतीय प्रधानमन्त्रीको उपस्थितीमा २ नं. का मुख्यमन्त्रीको आन्तरिक विषयमा केन्द्रित भएर आएको अभिव्यक्ति सच्याउनुपर्छ,’ उनले भने, ‘हाम्रा आन्तरिक विषय हामीले आफैंले मिलाउने हो । त्यो विपरीत आएको अभिव्यक्तिले आघात पुर्याएको छ ।’

अन्तर्राष्ट्रिय सम्बन्ध संघीय सरकारको मातहत हुने विषय संविधानले नै तोकिएको उनले बताए । ‘संविधानको मर्यादालाई उलंघन भएको छ,’ उनले भने, ‘नेपालको झण्डालाई उचित व्यवस्थापन गर्न नसकिएको विषय पनि त्यत्तिकै गम्भीर विषय हो ।’ आफ्नो देशको संविधान र मर्यादामा नै प्रश्न उठ्ने गरी त्यस्तो कुरा गर्न नमिल्ने उनले बताए । नेपालीको साझा लक्ष्य र उद्देश्य भएको भन्दै उनले मुलुकमा संविधानमा भएको केही त्रुटीहरुलाई छलफल गरर जान सकिने बताए । अहिले भएको विषयलाई सच्याइनुपर्नेमा उनले सरकारसँग जोडदार माग गरे ।

प्रकाशित समय १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु