गृहपृष्ठ प्रदेश-५ : अब १२ वटै जिल्लामा पर्यटकीय केन्द्र

प्रदेश-५ : अब १२ वटै जिल्लामा पर्यटकीय केन्द्र

Supa-Deurali-Arghakhanchi अर्घाखाँचीस्थित सुपा देउराली ।

प्रदेश-५ सरकारले आउँदो बुद्ध पूर्णीमादेखि लुम्बिनी भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ । संघीय सरकारले पर्यटन वर्ष २०२० घोषणा गरिरहेको सन्दर्भमा प्रदेश सरकारले पनि औपचारिक रुपमा नै लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरी पर्यटक भित्र्याउने योजना अगाडि सारेको हो ।

जसको घोषणा केही समय पहिला मुख्यमन्त्री शंकर पोखरेलले  प्रदेश स्थापना दिवसमा गरेका थिए ।

प्रदेश सरकारले ऐतिहासिक पुरात्वत्विक क्षेत्रलाई मध्यनगर गर्दै प्रत्येक जिल्लामा एउटा नमुना पर्यटकीय स्थान विकास गर्ने योजना समेत अगाडि बढाएको छ ।

प्रदेश-५ सरकारका प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री वैजनाथ चौधरीले सरकार आवधिक योजना अनुसार नै प्रदेशका १२ वटा जिल्लामा एउटा/एउटा पर्यटकीय स्थलको निर्माण गरिने जानकारी दिए । यसको लागि ति जिल्लामा रहेका पुरातत्विक, ऐतिहासिक सम्पदालाई विशेष छनौट गरी यदि पर्यटकीय गन्तव्यको रुपमा पहिचान हुन नसकेका स्थानको थप प्रसार-प्रसार गरी जनमानसमा ल्याउने गरी कार्य अगाडि बढाएको मन्त्री चौधरीले जानकारी दिए ।

अहिले अस्तित्वमा रहेका पर्यटकीय स्थल, पौराणिक ठाउँ,  पर्यटकीय हिसाबले गन्तव्यको रुपमा विकास भएका  स्थानलाई थप व्यवस्थित बनाई योजनबद्ध रुपमा विकास गरी कार्य अगाडि बढाउने कार्ययोजना सुरुवात भएको छ ।

अहिले निर्माणको अन्तीम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकहरुलाई लुम्बिनीमा मात्रै नभई  प्रदेशका सबै जिल्लाहरुमा पुर्याउन सकेमा प्रदेशको आर्थिक समृद्धिमा विशेष भूमिका खेल्ने ठहरसहित प्रदेश सरकारले उक्त योजना अगाडि बढाएको छ ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक क्षेत्रको थप उत्खनन् सहित उक्त स्थानमा पुग्ने आधारभूत भौतिक पूर्वाधारहरुको समेत निर्माण प्रदेश सरकारले गर्ने योजना बनाएको छ । नमुना पर्यटकीय स्थानको पहिचान, उक्त स्थानको समुत्थानको लागि चाहिने आवश्यक आधारभूत मापदण्डको विषयमा स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने जनाइएको छ ।

प्रदेश सरकारले ल्याएको ५ वर्षमा गरिबीलाई १० प्रतिशतमा झार्ने योजनालाई समेत यो पर्यटकीय गन्तव्य समेत थप टेवा पुग्ने प्रदेश सरकारको अपेक्षा छ । नयाँ पर्यटकीय गन्तव्यको समेत पहिचान गरिने हुँदा उक्त स्थानमा समेत विभिन्न व्याक्तिहरुले स्वरोजगारमुलक कार्य गर्ने हुँदा पनि बेरोजगारीको समस्या केही हदसम्म हल हुने अपेक्षा गरिएको छ ।

कृषि, पर्यटन र वनलाई समुचित रुपमा उपयोग गरी समृद्धिको मार्ग प्रसस्त्र गर्न लागेको प्रदेश सरकारले आगामी वर्षमा ५० लाख पर्यटकलाई प्रदेशमा भित्र्याउने लक्ष्य लिएको छ । जसको आधारसिलाको रुपम प्रदेशका १२ वटै जिल्लामा पर्यटकीय स्थल नमुनाको रुपमा अगाडि बढाइएको हो । जसको लागि नीजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको कारण नीजी क्षेत्रलाई नै पहिलो प्रथमिकतामा राखेर कार्य अगाडि बढाइने छ ।

सरकारका प्रवक्ता तथा भौतिक  योजना विकासमन्त्री बैजनाथ चौधरीले प्रत्येक जिल्लामा एउटा एउटा पर्यटकीय  स्थल निर्माणको लागि नीजी क्षेत्रलाई नै अगाडि बढाउने योजना रहेको जानकारी दिए । नीजी क्षेत्रको लगानी सुरक्षित गरी सरकारले योजनाबद्ध रुपमा विकास अगाडि बढाउने छ ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न पर्यटकीय स्थनलको पुन निर्माण, उत्खनन्, निर्माण लगायतको को लागि कुल ५७ करोड २५ लाख रुपैयाँ बजेट विनियोजना गरिएको छ ।

पर्यटन क्षेत्रः बजेट शिर्षकमा हाल सञ्चालनमाका स्थानहरुको संरक्षण, गुरुयोजना निर्माण देखि लिएर पुनः निर्माण, सौन्दर्यकरण, व्यवस्थापन, संभव्यता अध्ययन लगायतका लागि कुल ६५ वटा योजनामा उक्त बजेट विनियोजन गरेको हो ।

 

यि हुन प्रदेश ५ का जिल्लाका मुख्यमुख्य गन्तव्यहरु

रुपन्देहीः गौतम बुद्धको जन्मस्थल लुम्बिनी   बुद्धसँग जोडीएको बुद्ध मवली देवदह, पर्रोहा परमेश्वर धाम,

कपिलवस्तुः बौद्धस्थल रामग्राम, कोटीहवा, निग्लीहवा, तिलौराकोकोट दरबार, तौलेश्वर महादेव मन्दिर ।

नवलपरासीः पाल्ही भगवतीको मन्दिर, बौद्धस्थल रामग्राम स्तुप ।

पाल्पाः शिद्धबाबा मन्दिर, भैरवनाथ मन्दिर, ताँहुको रम्वादेवि मन्दिर ।

गुल्मीः रुरु क्षेत्र रिणी धाम, रेसुङ्गा धाम ।

अर्घाखाँचीः  सुपा देउराली माई मन्दिर, पाणिनी गुफा, मथुरा वेसी, अर्घा भगवती मन्दिर ।

दाङः  धारापानी पाण्वेश्वर महादेव मन्दिर, रिहारधाम देउखुरी

रोल्पाः जलजला,  बगारबाबा मन्दिर

प्यूठानः स्वर्गद्वारी मन्दिर

बाँकेः वागेश्वरी मन्दिर ।

बर्दियाः ठाकुरद्वारा मन्दिर, बर्दिया राष्ट्रिय निकुञ्ज

रुकुमः रुकुमकोट दरबार, रुक्मेणी ताल(कमल दह), देउराली साँघा, जेरजेरी झराना

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु