गृहपृष्ठ मोरङमा प्रहरी हवल्दार ८ हजार घुससहित पक्राउ
मोरङमा प्रहरी हवल्दार ८ हजार घुससहित पक्राउ
मोरङ इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठ ८ हजार घुस रकमसहित पक्राउ परेका छन् । काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट ८ हजार घुस लिइरहेका बेला नियन्त्रणमा लिएको हो ।
झापाको दमक नगरपालिका ४ ताराबारीको काठमिलबाट उक्त रकमसहित नियन्त्रणमा लिइएका श्रेष्ठमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
घुस रकमसहित धमाधम पक्राउ पर्दै सरकारी कर्मचारी
प्रकाशित समय १६:१४ बजे

















