गृहपृष्ठ नेप्से १९ अंकले बढ्दा बिमा समूहमा उछाल, २ अर्बको कारोबार

नेप्से १९ अंकले बढ्दा बिमा समूहमा उछाल, २ अर्बको कारोबार

साताको अन्तिम कारोबार हुने दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १९ अंकले उकालो लाग्दा बिमा समूहमा उछाल आएको छ । सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचीमा सातवटा बिमा कम्पनी छन् ।

एभरेस्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सूर्यलाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल), गुराँस लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी सर्वाधिक मूल्य बढ्ने १० कम्पनीमा परेका छन् । युनाइटेड फाइनान्स, विजय लघुवित्त र स्वरोजगार लघुवित्तको सेयर मूल्य पनि उल्लेख्य बढेको छ ।

बिहीबार सर्वाधिक सूर्य लाइफ इन्स्योरेन्सको ११ करोड ३६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अन्य सात बिमा कम्पनी सर्वाधिक कारोबार हुने १० कम्पनीमा परेका छन् । प्रभु बैंक र नेडेप लघुवित्त पनि सर्वाधिक खरिद–बिक्री हुने कम्पनीको सूचीमा परेका छन् ।

निर्जीवन बिमा समूह सर्वाधिक ३.९६ र जीवन बिमा समूह २.२८ प्रतिशतले बढ्दा व्यापार समूह १.९१ प्रतिशतले घटेको छ । बाँकी सबै समूह सकारात्मक बनेका छन् । व्यापारबाहेक सबै समूह बढ्दा नेप्से १९.५१ अंकले बढेर १३२५.३८ अंकमा उक्लिएको छ । १७८ कम्पनीको कारोबार भएको बजारमा ४६ लाख २ हजार १०१ कित्ता सेयर १ अर्ब ९६ लाख ६२ हजार रुपैयाँबराबरमा किनबेच भएको छ ।

प्रकाशित समय १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु