गृहपृष्ठ नेप्सेमा १९ अंकको वृद्धि, २ अर्बको कारोबार, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

नेप्सेमा १९ अंकको वृद्धि, २ अर्बको कारोबार, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार १९ अंकले बढेको छ । अन्य, उत्पालनमूलक र वित्त समूह ओरालो लागे पनि जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त समूहमा उच्च वृद्धि भएपछि समग्र बजार परिसूचक १९.३९ अंकले बढेर १३६३.९७ अंकमा उक्लिएको हो । यसअघि २०७५ वैशाख २५ गते नेप्से १३६६.१५ अंकसम्म पुगेर फर्किएको थियो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह ६.७२ प्रतिशतले बढेको छ भने जीवन बिमा ५.२२, लघुवित्त २.४६ र उत्पादनमूलक २.०६ प्रतिशतले बढेको छ । बाँकी समूह सामान्य बढेका छन् । आइतबार १७६ कम्पनीको ४१ लाख ५ हजार १३४ कित्ता सेयर १ अर्ब ९७ करोड ८१ लाख रूपैयाँबराबर मूल्यमा किनबेच भएको छ । यो रकम गत साताको औसत कारोबारको तुलनामा धेरै हो । गत साता दैनिक औसत १ अर्ब ३४ करोडको कारोबार भएको थियो ।

आइतबार सर्वाधिक कमाउने पाँच कम्पनीमा राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलपर्स र राष्ट्रिय बिमा कम्पनी छन् । यी संस्थाको मूल्य करिब १० प्रतिशत बढेको छ । त्यस्तै सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा राष्ट्रिय बिमा संस्थानको संस्थापक सेयर, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त र प्रभु इन्स्योरेन्स पनि परेका छन् ।

सर्वाधिक कमाउने पाँच कम्पनी

हिमालयन डिस्टिलरीको सर्वाधिक १८ करोड ४ लाख तथा शिवम सिमेन्टको १३ करोड ५ लाखको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४७ लाख, सूर्य लाइफ इन्स्योरेन्सको ६ करोड ९६ लाख र शिखर इन्स्योरेन्सको ६ करोड ७८ लाख रूपैयाँबराबरको सेयर खरिद‑बिक्री भएको छ ।

आइतबार शिवम सिमेन्टको २ लाख १८ हजार, अरुण काबेलीको १ लाख ४५ हजार, सूर्य लाइफको १ लाख ४१ हजार, हिमालयन डिस्टिलरीको १ लाख २८ हजार र नेपाल लाइफ इन्स्योरेन्सको १ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्तै हिमालयन डिस्टिलरी, शिवम सिमेन्ट, सूर्य लाइफ, नेपाल लाइफ र नेपाल इन्स्योरेन्सको धेरै पटक ट्रान्जेक्सन भएको छ । यसले यी कम्पनीको सेयर खरिद‑बिक्रीमा लगानीकर्ता बढी केन्द्रित भएको देखाउँछ । सेयर बजार १.४४ प्रतिशतले बढ्दा पनि ४४ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ ।

यो पनि पढ्नुहोस्

खुद नाफा र प्रतिसेयर आम्दानीका आधारमा कुन बैंक कस्तो ?

सेयर बजार बढ्नुमा ब्याजदरको प्रभाव कि अन्य कारण ?

सेयर बजार १० दिनमा १४४ अंक बढ्यो, अब के हुन्छ ?

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु