गृहपृष्ठ पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र पेट्रोलको मूल्य घटाएको हो ।

निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ । मूल्य घटाएसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रकाशित समय १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु