गृहपृष्ठ भेरीगंगा नगरपालिकाका टेक्निसियन २ लाख घुससहित पक्राउ

भेरीगंगा नगरपालिकाका टेक्निसियन २ लाख घुससहित पक्राउ

सुर्खेतको भेरीगंगा नगरपालिकाका टेक्निसियन चित्रबहादुर केसी २ लाख घुस रकमसहित पक्राउ परेका छन् । खानेपानी तथा सरसफाइ टेक्निसियन केसीलाई नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २ लाख घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय  सुर्खेतबाट गएको टोलीले बिहीबार रंगेहात पक्राउ गरेको हो ।

भेरीगंगा नगरपालिका १० मदानीचौरस्थित उन्नती टोलबाट पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु