गृहपृष्ठ राष्ट्र बैंकको १९ बुँदे प्याकेज कार्यान्वयनमा अन्योल

राष्ट्र बैंकको १९ बुँदे प्याकेज कार्यान्वयनमा अन्योल

कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउकका कारण देश पूर्ण रुपले बन्द छ । जसका कारण अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ । जसअनुसार नेपाल राष्ट्र बैंकले १९ बुँदे प्याकेज ल्याएको छ ।

जसअनुसार कोरोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारिएको छ । तर नेपाल राष्ट्र बैंकले गरेको सहुलियत घोषणालाई कति बैकले कायन्वयनमा केही बैंक र वित्तीय संस्थाहरु अझै अन्योलमा छन् ।

एनएमबि बैकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले राष्ट्र बैकले जारी गरेको निर्णयलाई आफूहरुले पालना गरी ग्राहकहरुलाई सहज वातावरण बनाएको बताए । उनले भने, ‘लकडाउनको यस समयमा राष्ट्र बैंकले दिएको निर्देशनहरु हामी कार्यान्वयन गर्न सक्छौं, ग्राहकहरुलाई व्याज वा किस्ता तिर्नु भनेर हामीले जवरजस्ती गरेका पनि छैनौं ।’

साथै यति बेला लकडाउनको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ सेवा नियमित पनि गरिरहेका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राखेका छन् । त्यसैगरी सिमिल बैंकका प्रदेश प्रमुख समीर केसीले राष्ट्र बैंकले ल्याएको प्याकेजलाई आफूहरुले अनुशरण गर्ने बताए ।

राष्ट्र बैकले व्यवसायीलाई मर्कामा नपार्न ल्याएको प्याकेज अन्तर्गत चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरे पनि थप ब्याज तथा जरिवाना लाग्दैन । साथै लकडाउनका बेला कार्यालयमा खटिने बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुलाई विशेष सुविधा दिइने भएको छ ।

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु