गृहपृष्ठ फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य ९४५ रुपैयाँ तोकिएको छ । कोभिड–१९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो ।

प्रकाशित समय १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु