गृहपृष्ठ सुनको मूल्य ८ सय रुपैयाँ बढ्यो

सुनको मूल्य ८ सय रुपैयाँ बढ्यो

gold-price-hike-newskarobar

सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि ३० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु