गृहपृष्ठ सुनको मूल्य ९ सय रुपैयाँ बढ्यो

सुनको मूल्य ९ सय रुपैयाँ बढ्यो

gold-price-hike-newskarobar

आइतबार स्थिर सुनको मूल्य सोमबार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु