गृहपृष्ठ भक्तपुर र पश्चिम रुकुममा जेसीबीका नयाँ आउटलेट
भक्तपुर र पश्चिम रुकुममा जेसीबीका नयाँ आउटलेट
नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ सुरु गरेको छ । दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको विक्रीपछिको सेफा र स्पेयर पार्टसको सुविधा पाउनेछन् ।
भक्तपुरको आउटलेटको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट गोपालकुमार अग्रवाल र बीएन्डके इन्टरप्राइजेजका अध्यक्ष बिकुलाल सुवालले संयुक्त रुपमा गरेका थिए । भक्तपुर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बीएन्डके इन्टरप्राइजेजका प्रबन्ध निर्देशक केशव सुवालले बताए ।
एमएडब्लुले पश्चिम रुकुममा सुरु गरेको आउटलेटको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरेका थिए । यीसहित जेसीबीले नेपालमा १२ वटा आउटलेट स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायतका उत्पादन बजारमा छन् ।
प्रकाशित समय १७:२४ बजे

















