गृहपृष्ठ सिभिल बैंकले सिन्धुलीबाट अघि बढायो ‘नगदरहित अभियान’ (तस्बिरहरूसहित)

सिभिल बैंकले सिन्धुलीबाट अघि बढायो ‘नगदरहित अभियान’ (तस्बिरहरूसहित)

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अघि बढिरहेको सिभिल बैंकले सिन्धुलीबाट ‘नगदरहित अभियान’ अघि बढाएको छ । बैंकले सिन्धुलीमाडीमा एक कार्यक्रम आयोजना गरी औपचारिक रुपमा अभियानको थालनी गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई मन्दिरमा भेटी र जुनार खरिदको मूल्य सबै क्यूआर कोडबाट भुक्तानी गरी अभियानको उद्घाटन गरेका छन् । कार्यक्रमकै समयमा सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पु (तीन पाङ्ग्रे सवारी) र ३४ वटा अन्य विभिन्न व्यवसायीलाई क्युआर कोड वितरण गरिएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले कोरोनाको महामारीमा आफूलाई जोगाउनमात्र नभई नोट छपाइ गर्दा हुने खर्च तथा एटीएम चलाउँदा बिदेसिने मुद्रा बचाउन र ‘सबै नेपालीको बैंक खाता’ भन्ने अभियानलाई सार्थक बनाउन पनि नगदरहित अभियान अपरिहार्य रहेको बताए । नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने उनको धारणा छ ।

सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिताका बारेमा प्रस्ट्याएका थिए । बैंकले ग्राहकलाई क्यूआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएको छ । यातायातका अन्य माध्यममा पनि क्यूआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनमा पनि यस्तै खालका सेवालाई निरन्तर अघि बढाउने प्रमुख कार्यकारी अधिकृत गुरुङले प्रतिबद्धता जनाए ।

कार्यक्रममा गभर्नर अधिकारीका साथै राष्ट्र बैँकका कार्यकारी निर्देशक भुवन कँडेल, राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेशगोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायब प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैँकिङ प्रमुख भोलाबहादुर विष्ट, बागमती प्रदेश प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका प्रमुख खड्ग खत्री, उद्योग वाणिज्य संघ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, टेम्पु यातायात व्यवसायीलगायत सो क्षेत्रका राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखा तथा ६ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७१ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

तस्बिर साैजन्य : सिभिल बैँक

यो पनि पढ्नुहोस्

गभर्नरको ‘सपिङ’

प्रकाशित समय ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु