गृहपृष्ठ मुख्यमन्त्रीहरुले मागे प्रदेशलाई ३३ प्रतिशत बजेट
मुख्यमन्त्रीहरुले मागे प्रदेशलाई ३३ प्रतिशत बजेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकारलाई ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका छन् । बिहीबार प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा उनीहरुले प्रदेश सरकारलाई कम्तीमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका हुन् । यसअघि बजेट कम भएको भन्दै मुख्यमन्त्रीहरुले केन्द्र सरकारको विरोध गरेका थिए ।
बजेट कम भएकाले काम गर्न नसकिएको मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । आगामी आर्थिक वर्षमा प्रदेश सरकारका लागि ३३ प्रतिशत विनियोजन गर्न आग्रह गरिएको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेकाका विषयमा प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरुले छलफल गरेका हुन् । बैठकमा अन्तर प्रदेश समन्वय परिषद बैठकले जारी गरेको २९ बुँदे सहमति कार्यान्वयनका विपषयमा पनि छलफल भएको छ ।
प्रकाशित समय १२:४६ बजे

















