गृहपृष्ठ मर्जर पार्टनर खोज्न एनसीसी बैंकको ४ सदस्यीय उपसमिति
मर्जर पार्टनर खोज्न एनसीसी बैंकको ४ सदस्यीय उपसमिति
एनसीसी बैंकले मर्जरका लागि पार्टनर खोज्न चार सदस्यीय उपसमिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिअघि नै मर्जरका लागि उपयुक्त पार्टनर खोजेर जानकारी गराउन निर्देशन दिएपछि आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले माधव भट्टको संयोजकत्वमा ४ सदस्यीय मर्जरसम्बन्धी अध्ययन उपसमिति गठन गरेको हो ।
उपसमितिमा चन्द्र बास्तोला, इमानसिंह लामा र कृष्ण श्रेष्ठ सदस्य छन् । चारै जना बैंक सञ्चालक समितिका सदस्य हुन् ।
मर्जरका लागि उपयुक्त जोडी खोज्न, सम्भाव्यताबारे अध्ययन गर्न र सञ्चालक समितिमा प्रतिवेदन पेस गर्न उपसमितिलाई अख्तियारी दिइएको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति आउनुअघि नै पार्टनर खोज्न गत साता निर्देशन दिएपछि बैंकहरू जोडी खोज्नतर्फ लागेका छन् ।
प्रकाशित समय १८:५३ बजे

















