गृहपृष्ठ हिमालयन र बैंक अफ काठमाण्डूले आठ वर्षपछि जिते डेढ अर्बको मुद्दा

हिमालयन र बैंक अफ काठमाण्डूले आठ वर्षपछि जिते डेढ अर्बको मुद्दा

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले डेढ अर्ब रुपैयाँबराबरको बैंक जमानतको मुद्दा जितेका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि जमानतमा भएको नोक्सानी असुलउपरसम्बन्धी चीनको अदालतमा ८ वर्षदेखि सुनुवाइ भइरहेको मुद्दा दुई बैंकले जितेका हुन् ।

मुद्दा जितेलगत्तै शुक्रबार बिहान दुवै बैंकलाई चीनको अदालतले जानकारी पठाएको छ । अदालतबाट जानकारी पाएलगत्तै शुक्रबार नै दुवै बैंकले पैसा फिर्ता गर्नका लागि दाबी पठाउने भएका छन् ।

फेब्रुअरी १५ मा भएको बहसमा अदालतले दुवै बैंकलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सबुत प्रमाण पेस गर्न एक महिनाको समय दिएको थियो । त्यसपछि दुवै बैंकले आफ्नो खाताबाट मेलम्चीलाई रकम भुक्तानी गरेको सम्पूर्ण कागजात बुझाएका थिए ।

अदालतको फैसलासँगै बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार डलर र १४ लाख ११ हजार युरोसहित थप हर्जना फिर्ता पाउने भएको छ । नेपाली रुपैयाँमा बीओकेले करिब ९० करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ फिर्ता पाउनेछन् । यद्यपि, मुद्दा हारेको पक्ष माथिल्लो अदालतमा जाने बाटो बाँकी नै छ ।

प्रकाशित समय १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु