गृहपृष्ठ ‘फेवातालको १४ हजार रोपनी जग्गा कहाँ गयो ?’

‘फेवातालको १४ हजार रोपनी जग्गा कहाँ गयो ?’

gyanendra-shahi-newskarobar

भ्रष्टाचारविरुद्धको अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको अभियानमा एक हुन पोखरेलीलाई आग्रह गरेका छन् । भ्रष्टाचार र बेथिति न्यूनीकरणका लागि ‘नेपालका लागि नेपाली’ नागरिक अभियानले शनिबार पोखरामा आयोजना गरेको भ्रष्टाचारविरुद्धको कार्यक्रममा शाहीले देशमा भ्रष्टाचार मौलाएकाले खुलेर विरोधमा उत्रिन आग्रह गरेका हुन् ।

स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म भ्रष्टाचार भइरहेको भन्दै उनले अब पनि विरोध नगर्ने हो भने देश कंगाल बन्ने बताए । बेरुजु पनि एक प्रकारको भ्रष्टाचार भएको भन्दै उनले कास्कीमा पोखरा महानगरसहितका ४ गाउँपालिकाको ५७ करोड बेरुजु रहेको र पोखरा महानगरको मात्र ४५ करोड ५० लाख बेरुजु रहेको तथ्य प्रस्तुत गरे ।

त्यस्तै गण्डकी प्रदेशमा १ अर्ब ७७ करोड बेरुजु रहेको भन्दै शाहीले कास्कीका स्थानीय तहले मोजमस्तीमै १ करोड २८ हजार खर्च गरेको आरोप लगाए । ‘प्रदेश सरकारले १ अर्ब १५ करोड ४६ लाख ७५ हजार मोजमस्तीमा खर्च गरेको छ,’ उनले भने, ‘२०१४ सालमा फेवातालको नापी हुँदा २२ हजार रोपनी, २०५७ मा नापी हुँदा ९ हजार ९ सय ५५ रोपनी भएको फेवाताल हाल ८ हजार ७०८ रोपनी भएकाले बाँकी १४ हजार रोपनी जग्गा कसले खायो ? त्यसको सम्पूर्ण विवरण पोखरेलीले माग्नसक्नुपर्छ ।’

भ्रष्टाचारविरुद्ध अभियानका अभियन्ता बालकृष्ण न्यौपानेले कांगेस र तत्कालीन एमालेको भ्रष्टाचार अभियानमा तत्कालीन माओवादीले साथ दिँदा देशमा भ्रष्टाचार थप मौलाएको टिप्पणी गरे ।

प्रकाशित समय ०६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु