गृहपृष्ठ पाइपलाइनबाट भित्रियो डिजेल
पाइपलाइनबाट भित्रियो डिजेल
अन्ततः पेट्रोलियम पाइपलाइनबाट नेपालमा डिजेल खसाइएको छ । शुक्रबार बिहान ९ बजे भारतबाट पठाइएको डिजेल अमलेखगन्जमा डिपोमा खसाइएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर शरद पौडेलले बताएका छन् ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट बुधबार पानी परीक्षण गरेपछि आज डिजेल पठाइएक आयोजनाले जनाएको छ । आज एक हजार लिटरमात्र पठाइर बन्द गरिएको छ । औपचारिक उद्घाटनपछि मात्र व्यावसायिक रूपमा तेल आयात गरिनेछ ।
अमलेखगन्जमा पठाइएको तेलको गुणस्तर परीक्षणका लागि भारतीय आयल निगमबाट १५ सदस्यीय प्राविधिक टोली पनि आइसकेको निगमले जनाएको छ ।
प्रकाशित समय १६:०० बजे

















