गृहपृष्ठ सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ६५ हजार ८००

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ६५ हजार ८००

gold-price-hike-newskarobar

सुनको मूल्य शुक्रबार प्रतितोला ६५ हजार ८०० रूपैयाँ पुगेको छ । बिहीबार ६५ हजार रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुन शुक्रबार ८०० रुपैयाँ बढेको हो । यो हालसम्मको उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी बिहीबारकै मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु