गृहपृष्ठ सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको ७१ हजार ५ सय रूपैयाँ

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको ७१ हजार ५ सय रूपैयाँ

gold-newskarobar

सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको छ ।

सुनको भाउले नयाँ कीर्तिमान कायम गर्दा बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो । बुधबार तोलामा ७ सय घट्दै ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्ने बित्तिकै त्यसको असर नेपालमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ ।

यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु