गृहपृष्ठ डिजेल, पेट्रोल र मटितेलको मूल्य घट्यो

डिजेल, पेट्रोल र मटितेलको मूल्य घट्यो

petrol mulya-newskarobar

नेपाल आयल निगमले डिजेल, मटितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल, मटितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर डिजेल र मटितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्र्याउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक २ अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु