गृहपृष्ठ सरकारको कोरोना उपचार कोषमा डेढ अर्ब
सरकारको कोरोना उपचार कोषमा डेढ अर्ब
आयल निगमले दियो ५० करोड
सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन तथा यसको रोकथाम एवं नियन्त्रण कोषमा बिहीबार ५ बजेसम्म १ अर्ब रुपैयाँ जम्मा भएको छ । सरकार आफैले राख्ने ५० करोड रुपैयाँसहित कोषमा डेढ अर्ब हुनेछ ।
बिहीबार नेपाल आयल निगमले ५० करोड, दूरसञ्चार प्राधिकरणले १५ करोड, नेपाल स्टक एक्सचेन्जले साढे ३ करोड रुपैयाँ कोषमा योगदान गरेका छन् ।
यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल धितोपत्र बोर्डले ३-३ करोड, नागरिक लगानी कोषले २ करोड, एनएमबी बैंकले १ करोड ५१ लाख, प्रभु बैंकले १ करोड १ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकले १ करोड, नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले १ करोड १ लाख ११ हजार १११ रुपैयाँ कोषमा योगदान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रकाशित समय १८:२६ बजे

















